बुधबार, असार १७,२०८३ 12:05:02
Bizshala
  • बुधबार, असार १७,२०८३ 12:05:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा न्यौपाने नियुक्त

Laxmi Sunrise Bank Limited
नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा न्यौपाने नियुक्त

काठमाण्डौ । काभ्रेपलाञ्चोक केन्द्रीय कार्यालय रहेको नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत ऋषी प्रसाद न्यौपाने नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले न्यौपानेलाई संस्थाको कायम मुकायम(कामु सीईओ) पदको जिम्मेवारी दिएको हो । कामु सीईओ भागनागरायाण साहुले मंसिर २४ बाट स्वऐच्छिक अवकास लिएपश्चात् उक्त जिम्मेवारी न्यौपानेलाई दिईएको हो ।

२०५५ सालमा लघुवित्त क्षेत्रमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा फिल्ड सहायक पदमा सेवा प्रवेश गरी २०६१ सालमा नेरुडे लघुवित्त संस्थामा अधिकृत पदमा प्रवेश गरेका न्यौपाने हालसम्म लघुवित्त क्षेत्रमा नै अनवरत रुपमा कार्यरत रहेका छन् । साविक नेरुडेमा जनशक्ति व्यवस्थापन विभाग प्रमुख र कम्पनी सचिव पदमा काम गरेका न्यौपानेसँग मर्जरपश्चात नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आन्तरिक लेखापरीक्षण विभागको प्रमुख लगायत कार्यकारिणी तहको जिम्मेवारी बहन गरिसकेको अनुभव रहेको छ ।

New Office
CG Motors
Garima Development Bank

करिब अढाई दशक लामो समय लघुवित्त क्षेत्रमा कार्यरत रहेका न्यौपाने एक अनुभवी लघुवित्तकर्मी हुन् । उनी प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दा नियामकीय निर्देशनहरूको अधिनमा रही संस्थाले उत्कृष्ट सेवा प्रदान गरी सेयरधनीहरूलाई यथोचित प्रतिफल प्रदान गर्ने र कर्मचारीहरुको उचित व्यवस्थापन हुने विश्वास सञ्चालक समितिले लिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लघुवित्तका अनुभवी न्यौपानेले अहिलेको बदलिदो परिस्थितिमा आफ्नो कार्यकालमा लघुवित्तको सन्तुलित व्यापार विस्तार, थप सुदृढ गर्ने, ग्राहक सेवाहरूलाई नयाँ र सुरक्षित प्रविधियुक्त बैंकिङका सेवा प्रदान गर्दै लगानीकर्तालाई उचित प्रतिफलका साथै बजारमा लघुवित्तको सम्मानजनक उपस्थितलाई अझ मजबुत बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.