बुधबार, असार १०,२०८३ 01:34:41
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:34:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालयन एभरेष्ट इन्स्योरेन्सका एसीईओ दुवाडीको सर्टिफिकेट नक्कली, ढाकछोप गर्दै कम्पनी

Laxmi Sunrise Bank Limited
हिमालयन एभरेष्ट इन्स्योरेन्सका एसीईओ दुवाडीको सर्टिफिकेट नक्कली, ढाकछोप गर्दै कम्पनी

काठमाण्डौ । नक्कली सर्टिफिकेटधारी हिमालयन एभरेष्ट इन्स्योरेन्सका एसीईओ गोकर्ण प्रसाद दुवाडीले राजीनामा दिएका छन् । मधेश, लुम्बिनी र कोशी प्रदेशको अनुगमन गर्दै आएका दुवाडीले मंसिर २९ गते पदबाट राजीनामा दिएका हुन् । बिजशालाले फेला पारेको सूचनामा दुवाडीले राजीनामा दिएको पाइएको छ ।  

दुवाडीलाई नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा लाखौं रकमको सेवा सुविधा लिइएको आरोप लागेको थियो । सोही कारण नै दुवाडीले कम्पनीबाट राजीनामा दिइएको बुझिएको छ ।

New Office
CG Motors
Garima Development Bank

स्रोतका अनुसार दुवाडीले राय विश्वविद्यालय र मगध विश्वविद्यालयको नक्कली सर्टिफिकेटको आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको उच्च पदमा कार्यरत रही लाखौंको सेवा सुविधा लिइरहेका थिए । पछि एकाएक रहस्य खुलेर कर्मचारीहरुले पनि विरोध गर्न थालेपछि उनले पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ ।

दुवाडी केही समयअघि समृद्धि फाइनान्समा नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । उक्त समयमा नेपाल राष्ट्र बैंकमा उजुरी परि केन्द्रीय बैंकले समृद्धि फाइनान्सलाई छानबिन गर्न निर्देशन दिएपछि छानबिन गर्दा उक्त फाइनान्समा उनको शैक्षिक योग्यता प्रमाणपत्र नक्कली देखिएको थियो ।

उनी एकवर्षअघि मात्रै हिमालयन एभरेष्ट इन्स्योरेन्सको सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । यसअघि विभिन्न कम्पनीमा कार्यरत अनुभव भएतापनि उनको सर्टिफिकेट नक्कली भएको खुलेको हो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गुपचुप राख्न कम्पनीको दौडधुप

हिमालयन एभरेष्ट इन्स्योरेन्सले उच्च पदस्थ कर्मचारीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको कुरा गुपचुपमै सल्टाउन खोजेको देखिएको छ । कम्पनीका सीईओ अन्जु श्रेष्ठले दुवाडीले दिएको राजीनामा गुपचुपमै राखी उनले गर्दै आएका सम्पूर्ण कार्यको जिम्मेवारी दुईजना कर्मचारीलाई तोकिदिएको छ ।

कम्पनीका बागमती र कोशी प्रदेशको अनुगमन गर्दै आएका सुदर्शन श्रेष्ठ र कर्णाली, सुदूरपश्चिम र गण्डकी, लुम्बिनी र मधेश प्रदेशको पनि अनुगमन गर्दै आएका रोशन कुमार श्रेष्ठलाई उनको सम्पूर्ण कामको जिम्मेवारी दिइएको कम्पनीका सीईओ अन्जु श्रेष्ठले पत्रमार्फत जनाईन् ।

यसअघि उनको शैक्षिक प्रमाणपत्र सबै नक्कली भएको खुलासा भएपश्चात् नै कम्पनीले आफ्नो वेबसाइटमार्फत उनको नाम र फोटो समेत हटाइसकेका थिए । स्रोतका अनुसार यस विषयमा नेपाल बीमा प्राधिकरणले अनुसन्धान थालेपछि दुवाडीले राजीनामा दिएका हुन् ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले यस विषयमा छानबिन भइरहेको बताए । ‘राष्ट्रिय सतर्कता केन्द्रले यस विषयमा तत्काल छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ’ उनले भने, ‘प्राधिकरणबाट पनि सो कर्मचारीको प्रमाणपत्र नक्कली हो वा होइन भन्ने विषयमा छानबिन गर्न खटाइएको छ, कम्तिमा एक हप्ताभित्र अब सो विषयमा निष्कर्ष आउनेछ, यदि शैक्षिक प्रमाणपत्र नक्कली भएको निष्कर्ष निस्किएमा कम्पनीलाई कारबाही हुनेछ ।’

गोकर्ण प्रदास दुवाडी हिमालयन एभरेष्ट इन्स्योरेन्सको एसीइओमा नियुक्त हुनुमा उनी मात्रै दोषी नभई सीईओ अन्जु श्रेष्ठ र बोर्डका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ पनि दोषी देखिएका छन् । यसको जिम्मेवारी सीइओ र अध्यक्षले पनि लिनुपर्ने र उनीहरुमाथि पनि छानबिन हुनुपर्ने देखिएको छ ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.