काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले यही पुस ४ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै बैंकले घोषणा गरेको लाभांश पाउन र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
बैंकले गत आवको वितरणयोग्य रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ । कुल लाभांशमा ५ प्रतिशत नगद(कर प्रयोजनका लागि समेत) र ४ प्रतिशत बोनस सेयर रहेको छ ।
लाभांश पारित गर्न बैंकले यही पुस १८ गते ३२ औं साधारण सभा आयोजना गर्दैछ ।

