काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड,धार्के शाखाको आयोजना तथा चिरायु नेशनल अस्पताल काठमाण्डौको सहकार्यमा पुस ५ गते बेलकोटगढी नगरपालिका–२, नुवाकोटमा निःशुल्क स्त्रीरोगसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि बेलकोटगढी नपा–२ का वडा प्रमुख राम चन्द्र तिमिल्सिना रहेका थिए भने शिविर डा. पुण्य पौडेल को नेतृत्वमा सञ्चालन गरिएको थियो । चिरायु नेशनल अस्पतालका सीईओ गौतम पौडेलको विशेष सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।
शिविरमा बेलकोटगढी नगरपालिका–२ का जम्मा ८२ जना महिलाहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरिएको थियो । शिविरबाट स्थानीय महिलाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

