काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) र सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
एचआईडीसीएलले गत आवका लागि १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २१ गते १४ औं साधारण सभा आयोजना गर्दैछ ।
यस्तै सिटिजन लाइफ इन्स्योरेन्सले पनि गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको २० प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीले लाभांश पारित गर्न पुस १८ गते साधारण सभा डाकेको छ ।

