Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सर्वोत्तमको आईपीओ पाएको ७ दिनमै लगानीकर्ताको गोजीमा २००% बढीको रिटर्न

Global IME Bank Limited
सर्वोत्तमको आईपीओ पाएको ७ दिनमै लगानीकर्ताको गोजीमा २००% बढीको रिटर्न
Nabil Bank Limited

काठमाण्डौ । आईपीओ परेर दोश्रो बजारमा कारोबार सुरु भएको ७ कारोबार दिनमै लगानीकर्ताहरुले सर्वोत्तम सिमेन्टमा गरिएको लगानीबाट २०० प्रतिशत बढी रिटर्न पाएका छन् ।  

सर्वोत्तम सिमेन्टको दोश्रो बजारमा कारोबार सुरु भएको दिनदेखि आज(सातौं)सम्म पनि लगातार अपर सर्किट लागेको छ । जसका कारण यो कम्पनीको सेयरको दोश्रो बजार मूल्य प्रतिकित्ता १०८३ रुपैयाँ पुगेको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सर्वोत्तमले प्रति कित्ता अंकित दर १०० रुपैयाँमा २६०.९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गरेको थियो । आईपीओमा उच्च खरीद चाप परेकोले चिठ्ठा विधिबाट बाँडफाँड गरिएको थियो । आईपीओ पाउने प्रत्यकेले ५० कित्ताको दरले सेयर पाएका थिए ।  

यसरी आईपीओ प्राप्त गरेकाहरुले १८ हजार ४५ रुपैयाँ लगानी गरेका थिए । यो लगानी ७ कारोबार दिनमै बढेर ५४ हजार १५० रुपैयाँको उचाईमा पुगेको हो ।  

सर्वोत्तम सिमेन्टको बजारमा निकै कम आपूर्ति छ । थोरै कित्ता सेयरमा खेलाडीहरुले लगातार चलखेल गरिरहँदा मूल्य समेत लगातार नै उछालको गतिमा बढिरहेको छ ।  

सर्वोत्तम सिमेन्टको निकै कम कित्ता दोश्रो बजारमा कारोबारमा रहेकोले बलिया वित्तीय सूचक नहुँदा समेत मूल्यमा लगातार सर्किट लगाएको देखिन्छ । अझ सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले आफ्नो कम्पनीले प्रिमियममा आईपीओ बेचे पनि नगद लाभांश मात्र दिने, हकप्रद र बोनस नदिने सार्वजनिक घोषणा गरेका थिए । यो घोषणालाई पन्छाएर खेलाडीहरुले सर्वोत्तमका सेयर कित्ताहरु थुपार्ने र बजारमा कृत्रिम अभाव सिर्जना गर्ने काम गरिरहेका छन् ।  

सातौ कारोबार दिनमा सर्किट लाग्दै गर्दा सर्वोत्तममा १० लाख २७ हजार कित्ताभन्दा बढीको सेयर माग भएको छ । बिक्री गर्ने भने कोही पनि छैनन् । उच्च माग र आपूर्तितर्फ शून्यको अवस्थाले कम्पनीको सेयरमूल्य रकेटको गतिमा बढिरहेको हो ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.