काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको भाउले रेकर्ड कायम गरेको छ । बुधबारको कारोबारमा सुनको भाउ ९ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायही महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको भाउ ५ हजार ५ सयले वृद्धि भएको थियो ।
यस्तै आज चाँदीको भाउले पनि रेकर्ड बनाएको छ । चाँदी आज १६५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ४२० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

