काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ३ अर्ब २२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा एबीसी सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र सनि सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, कोहीनुर सेक्युरिटिज र भिजन सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै २८ करोड ४३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४१.८७ प्रतिशत सेयर खरिद भएको छ भने ५८.१३ प्रतिशत सेयर बिक्री भएको छ ।


