बुधबार, श्रावण ६,२०८३ 12:50:55
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 12:50:55
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकको अध्यक्षमा अग्रवाल नियुक्त

एनआईसी एशिया बैंकको अध्यक्षमा अग्रवाल नियुक्त
New Office

काठमाण्डौ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका अशोक कुमार अग्रवाल एनआईसी एशिया बैंकको अध्यक्ष पदमा नियुक्त भएका छन् । पुस ९ गते बसेको बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले आजकै मितिदेखि लागू हुनेगरी अग्रवाललाई उक्त पदमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष अशोक कुमार अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गर्भनर प्राडा विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएका थिए ।

बैंकको अध्यक्ष पदमा नियुक्त उनले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएका छन् । 

उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने उनको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै सफलताको थप उचाई प्राप्त गर्नुका साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.