Bizshala
  • आईतवार, पुष १३,२०८२ 07:33:03
Bizshala
Global IME Bank Limited

ग्राउण्ड जिरोः लगानीकर्तामा राजनीतिक बहस, भन्छन्, ‘बजारलाई सकारात्मक प्रभाव पार्ने विषय आए नेप्सेले नयाँ उचाई चुम्छ’

Hyundai Nepal
ग्राउण्ड जिरोः लगानीकर्तामा राजनीतिक बहस, भन्छन्, ‘बजारलाई सकारात्मक प्रभाव पार्ने विषय आए नेप्सेले नयाँ उचाई चुम्छ’
Shivam Cement

काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । आजपनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीहरुको विचार बुझ्ने प्रयास गरेका छौं ।

आज हामीले घट्टेकुलो, अनामनगर र बानेश्वर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लागनीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं ।

आज प्राय ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थिति बाक्लो देखिन्थ्यो । लगानीकर्ताहरुमा आज छुट्टै उत्साहपन देखिएको थियो । आज बजार खुल्ने बित्तिकै नेप्से परिसूचक बढेको थियो । हामी ब्रोकरहाउसहरुमा पुग्दासम्म नेप्से दोहोरो अंकले बढीसकेको थियो ।

सर्वप्रथम हामी घट्टेकुलो चोकमा रहेको भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) पुग्यौं । उक्त ब्रोकर हाउसमा लगानीकर्ताहरुको उपस्थिति बाक्लो नै थियो । लगानीकर्ताहरु समग्र राजनीतिक विषय र विभिन्न स्क्रिप्टका विषयमा कुरा गर्दै थिए ।

CG Motors
Bizshala
Garima Development Bank

लगानीकर्ताहरु चुनावअघिको सेयरबजार कस्तो रहला भन्ने विषयमा छलफल गर्दै थिए । केहीले भने आज भएको रवि लामिछाने र बालेन साहबीच भएको सहमतिको विषयमा कुरा गर्दै थिए ।

एकजना लगानीकर्ताले भने, ‘बालेन साह र रवि लामिछानेबीच ७ बुँदे सहमति भएछ यहि विषयले नै आज मार्केट बढ्न पुगेको हो, अब आम लगानीकर्ताहरुको पनि यहि नै आशा छ, यदि बजारका लागि पनि राम्रो कुरा आयो भने त बजार ३२ सय माथि जान्छ ।’

उनको कुरालाई समर्थन गर्दै अर्का लगानीकर्ताले पनि अब बजार माथि जाने र लगानीका लागि अन्य सेक्टर भन्दा सेयरबजार नै उपयुक्त रहेकाले संस्थागत लगानीकर्ताहरु पनि विस्तारै भित्रिने बताए ।

सोही ब्रोकरमै कुनामा बसेका दुईजना लगानीकर्ता भने बालेन साहका विषयमा कुरा गर्दै थिए । एकजना लगानीकर्ताले भने, ‘बालेन साह खत्रै मान्छे हो तर एकचोटी बालेनलाई पनि अवसर दिनुपर्छ जस्तो लाग्छ मलाई कस्तो काम गर्दो रहेछ अनि थाहा भइहाल्छ नि ।’

त्यसपछि हामी उक्त ब्रोकर हाउसबाट निस्किएर अनामनगरमै रहेको आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युटिटिज (ब्रोकर नं. ५७)मा पुग्यौं । उक्त ब्रोकरमा भने लगानीकर्ताहरुको उपस्थिति सामान्य नै रहेपनि एकआपमा मज्जाले गफगाफ गर्दै थिए ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

लगानीकर्ताहरु विभिन्न स्क्रिप्टका विषयमा कुरा गर्दै थिए । एकजना महिला लगानीकर्ताले धेरै दिनपछि सेयरबजारमा पुरै हरियो देख्न पाइयो भन्दै खुशी व्यक्त गरिन् । ‘आज दिनभरी हरियो होला जस्तो छ मार्केट, कति भएको थियो बजारमा हरियो घाँस नदेखेको आज मज्जाले देख्न पाइने भो’ उनले भनिन्, ‘कति जनाले अब बैंक बढ्दै भनेका थिए, आज सबै समूह बढेको छ, बैंक पनि बढेको छ, अझै बढेको भए त बजार माथि नै जान्थ्यो ।’

एकछिनपछि एकजना लगानीकर्ताले भने चुनाव समयमै हुने हो भन्दा मार्केट अझै बढ्न सक्ने आँकलन गरे । उनले भने, ‘आजको बजार बढ्नुको मुख्य कारण भनेकै चुनाव समयमै हुने छनकले हो’ उनले भने, ‘यदि समयमै चुनाव हुने र स्थिर सरकारको टुंगो लाग्ने हो भने बजार अझै माथि जान्छ ।’

उनको कुरालाई असमर्थन जनाउँदै अर्का लगानीकर्ताले भने यो केही दिनको घटाइएका कारण बढेको र भोलि सामान्य अंकले बढेर पर्सिबाट फेरी बजार घट्ने बताए ।

त्यसपछि हामी उक्त ब्रोकर हाउसबाट निस्किएर अनामनगरमै रहेको इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं.४५) पुग्यौं । उक्त ब्रोकर हाउसमा पनि समग्र राजनीतिक विषयमा नै छलफल हुँदै थियो ।

लगानीकर्ताहरु राष्ट्रिय स्वतन्त्र पार्टीका विषयमा कुरा गर्दै थिए । ठ्याक्कै एकजना लगानीकर्ताले भने, ‘बालेन र रवि लामिछाने सहमति भएपछि सबैभन्दा अब अप्ठ्यारो सुमना श्रेष्ठलाई पर्यो यता न उताको हुने भइन् ।’

उनको कुरालाई समर्थन गर्दै अर्का लगानीकर्ताले थपे, ‘यस्तै हुन्छ मूल घर छोडेर गएपछि यसअघि वामदेव गौतम र माधवकुमार नेपालको पनि यस्तै हालत भएको छ अब सुमना श्रेष्ठको पनि त्यहि चाल नहोला भन्न सकिन्न ।’

अर्को लगानीकर्ताले भने अबको दुई हप्तामा बालेन साहले मेयर पदबाट राजिनामा दिनुपर्ने कुरा बताए । ‘अब बालेन रास्वपामा गइसकेपछि चुनाव उठ्नका लागि काठमाण्डौं महानगरपालिकाको मेयरबाट दुई हप्तामै राजिनामा दिनुपर्छ’ उनले भने, ‘त्यसपछि सुनिता डंगोलले मेयरको कार्यभार सम्हाल्छिन्  होला ।’

एकछिनपछि एकजना लगानीकर्ता भने बजार बढेपनि आफ्नो स्क्रिप्टहरु नबढेको दुखेसो पोख्दै निस्किए ।

हामीपनि उक्त ब्रोकर हाउसबाट निस्किएर बानेश्वरमा रहेको नागरिक स्टक डिलर (ब्रोकर नं. ६०)मा पुग्यौं । उक्त ब्रोकर हाउसमा पनि लगानीकर्ताको उपस्थिति बाक्लै थियो । लगानीकर्ताहरु आ–आफ्नै स्क्रिप्टका विषयमा गफिदै थिए । केहीले सिमेन्ट कम्पनीका कुरा गर्दै थिए भने केहीले वाणिज्य बैंकका कुरा गर्दै थिए ।

सोही ब्रोकर हाउसमा पछाडी सिटमा बसेका लगानीकर्ताहरु भने बालेन साह र रवि लामिछानेबीच भएको सहमतिको विषयमा गफ गर्दै थिए । त्यत्तिकैमा एकजना लगानीकर्ताले भने, ‘जे होस् राम्रै भयो रवि र बालेन एक भएपछि अब केही होला कि भन्ने आशा हो, अझै कुलमान घिसिङ पनि मिलेको भए झनै राम्रो हुने थियो ।’

अर्का लगानीकर्ताले भने, भोलि पनि सेयरबजार ३०÷४० अंकले बढ्न सक्ने आँकलन व्यक्त गरे ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.