काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको छ । पुस १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
संस्थाले आर्थिक बर्ष २०८१/८२ को स्वीकृत वित्तीय विवरण बमोजिम वित्तीय संस्थाको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको हुँदा वित्तीय संस्था गएको आर्थिक वर्ष २०८१/८२ को कुनैपनि लाभांश (नगद तथा बोनस सेयर) वितरण गर्न सक्ने स्थितिमा नरहेको स्पष्ट पारेको छ ।
उक्त बैठकले लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गरी साधारण सभा प्रयोजनार्थ सो वित्तीय विवरण प्रकाशन गर्न अनुमतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको छ ।

