Bizshala
  • बिहीबार, पुष १७,२०८२ 11:37:39
Bizshala
Global IME Bank Limited

नेप्सेमा यी ६ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

Hyundai Nepal
नेप्सेमा यी ६ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ६ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा निर्धन उत्थान लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, चिलिमे जलविद्युत कम्पनी, अपर हेवाखोला हाईड्रोपावर,महुली लघुवित्त र नेशनल लाइफको सेयरमूल्य समायोजन भएको हो । यी सबै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात निर्धन उत्थान लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ७१०.४८ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता ७४६ रुपैयाँ कायम थियो । संस्थाले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट २०८२ असार मसान्तसम्म कायम चुक्तापूँजी २ अर्ब ६१  करोड २० लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

यस्तै महुली लघुवित्तले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता १ हजार २७९.१४ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता १ हजार ३३९.९० रुपैयाँ कायम थियो । संस्थाले आव २०८१/८२ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

CG Motors
Bizshala
Garima Development Bank

ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता १ हजार ११९.९६ रुपैयाँ निर्धारण भएको छ । बैंकले गत आवसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ८.४६२७४ प्रतिशत लाभांशको प्रदान गर्ने निर्णय गरेको छ ।  

चिलिमे जलविद्युत कम्पनीको ८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । जसपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४६९.३५ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५०६.९० रुपैयाँ कायम थियो ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

अपर हेवाखोला हाईड्रोपावरको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ५२४ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६२४ रुपैयाँ कायम थियो । कम्पनीले आव २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रदान गर्ने घोषणा गरेको छ ।

नेशनल लाइफको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ५८१.७३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६०५ रुपैयाँ कायम थियो ।

 आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा यी सबै कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.