काठमाण्डौ । सालपा विकास बैंकको आइपीओमा १४.०२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आजसम्म कम्पनीको आइपीओमा १७ लाख १६ हजार ५८ जनाले आवेदन दिएका छन् ।
बैंकको आइपीओमा हालसम्म कुल २ अर्ब १ करोड ९४ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड १ लाख ९४ हजार ५०० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा १४ गुणा बढी आवेदन हो ।
बैंकले पुष १६ गतेदेखि आम सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता सेयर जारी गरेको हो ।
कम्पनीले सामूहिक लगानी कोषका लागि ८६ हजार १९४ कित्ता र कर्मचारीहरुका लागि २६ हजार ११९ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा पुस २० गते र ढिलोमा पुस ३० गते हुनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

