काठमाण्डौ । झापा इनर्जी लिमिटेडको सञ्चालक समितिमा दुईजना सञ्चालक नियुक्त भएका छन् । कम्पनीको सञ्चालकमा केदार पौडेल र मन्दिरा भट्टराई नियुक्त भएका हुन् ।
दुवैजना सर्वसाधारण समूहबाट सञ्चालक नियुक्त भएका हुन् । पुस १८ गते सम्पन्न कम्पनीको सातौं वार्षिक साधारण सभाले दुईजनालाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

