आईतवार, श्रावण १०,२०८३ 05:25:33
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 05:25:34
Bizshala
Global IME Bank Limited

भेनेजुएलाका अन्तरिम राष्ट्रपतिलाई ट्रम्पको चेतावनीः ‘आदेश नमाने मादुरोभन्दा पनि खराब अवस्था भोग्नुपर्छ’

भेनेजुएलाका अन्तरिम राष्ट्रपतिलाई ट्रम्पको चेतावनीः ‘आदेश नमाने मादुरोभन्दा पनि खराब अवस्था भोग्नुपर्छ’
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै वेनेजुएलाको अवस्थाबारे आफ्ना धारणा सार्वजनिक गरेका छन्। सत्ता परिवर्तन र ‘नेसन बिल्डिङ’ का विरुद्ध आफूले अघिल्ला दिनमा दिएका अभिव्यक्तिबारे सोधिएको प्रश्नमा ट्रम्पले वेनेजुएला अमेरिकाको प्रभाव क्षेत्रभित्र पर्ने भन्दै डोनरो डक्ट्रिनको सन्दर्भ दिए।

ट्रम्पले भने, ‘यो हाम्रो क्षेत्रभित्र पर्छ। डोनरो डक्ट्रिनअन्तर्गत हाम्रो जिम्मेवारी भनेको हाम्रो वरपरका देशहरू स्थिर र सफल हुनु सुनिश्चित गर्नु हो, साथै त्यहाँबाट तेल निर्बाध रूपमा बाहिरिन सकोस्।’

उनले वेनेजुएलालाई डेड अवस्था भएको देशको संज्ञा दिँदै अमेरिका त्यसलाई फेरि पटरीमा ल्याउनुपर्ने धारणा व्यक्त गरे। वेनेजुएलाको पूर्वाधार पुनर्निर्माणका लागि ठूला तेल कम्पनीहरूले ठूलो मात्रामा लगानी गर्नुपर्ने पनि उनले बताए।

यद्यपि, पछि ट्रम्पले अमेरिकाले प्रत्यक्ष रूपमा कुनै लगानी नगर्ने स्पष्ट पारे। उनले अमेरिका देश र त्यहाँका जनताको ख्याल राख्ने उल्लेख गर्दै, बाध्य भएर वेनेजुएला छोडी अमेरिकामा बसोबास गरिरहेका वेनेजुएली नागरिकहरू पनि यसमा समेटिने बताए।

यसै क्रममा एक पत्रकारले वेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले अब देशको नेतृत्व गर्ने विषयमा प्रश्न गरे। जवाफमा ट्रम्पले आफ्नो टोली रोड्रिगेजसँग सम्पर्कमा रहेको बताए। तर उनले चेतावनी दिँदै भने, यदि रोड्रिगेजले अमेरिकाको कुरा नमानेमा उनको अवस्था पनि राष्ट्रपति निकोलस मादुरोजस्तै हुन सक्नेछ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.