काठमाण्डौ । बिजय लघुवित्त वित्तीय संस्थाको एफपीओ पहिलो दिन नै ओभरसब्सक्राइब्ड भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको एफपीओमा पहिलो दिनमै मागभन्दा १८.१३ गुणा बढी आवेदन परेको हो ।
संस्थाको एफपीओमा कुल ७ लाख १९ हजार २०९ जनाले ८४ करोड ९३ लाख २६ हजार रुपैयाँ बराबरको ८४ लाख ९३ हजार २६० कित्ताका लागि आवेदन दिएका छन्, जुन यो मागभन्दा १८ गुणा बढी आवेदन हो ।
संस्थाले प्रतिकित्ता रु. १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ जारी गरेको हो ।
साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जरपश्चात बनेको यो संस्थाले सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गर्न लागेको हो ।
एफपीओको निष्कासन बन्द छिटोमा पुस २४ गते र ढिलोमा माघ ५ गते बैंकिङ समयपछि हुनेछ । लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

