बिजय लघुवित्तको नाफामा २१८.३१% को सुधार, वितरणयोग्य मुनाफा कति ?
काठमाण्डौ । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ९ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ । संस्थाको यो नाफा अघिल्लो आवको तुलनामा २१८.३१ प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाले ३ करोड ४ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार देखिएसँगै नाफा बढ्न पुगेको हो । अघिल्लो आवमा ४० करोड ८६ लाख रुपैयाँ मात्रै खुद ब्याज...