आईतवार, चैत्र २२,२०८२ 05:03:30
Bizshala
  • आईतवार, चैत्र २२,२०८२ 05:03:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

संघीय संसद्का दुवै सदनको बैठक आज, सभामुख चयन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने

Bizshala
संघीय संसद्का दुवै सदनको बैठक आज, सभामुख चयन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने
Shivam Cement

काठमाण्डौ । संघीय संसद्का दुवै सदनको बैठक आज आइतबार बस्दैछ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकको मुख्य कार्यसूची अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। अर्याल यसअघि नै निर्विरोध रूपमा सभामुख पदमा चयन भइसकेका छन्।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

उनको उम्मेदवारीको प्रस्तावक रास्वपाका सभापति तथा सांसद रवि लामिछाने रहेका थिए भने समर्थकहरूमा सांसदहरू स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका थिए। आजको बैठकले उक्त प्रस्तावलाई औपचारिक रूपमा अनुमोदन गर्ने अपेक्षा गरिएको छ।

यसैबीच, राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजे सिंहदरबारमै बस्नेछ। बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यहरूको मनोनयन तथा हेरफेर गर्ने कार्यक्रम रहेको छ। साथै, अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको नामसमेत मनोनयन गरिनेछ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१८२ को वार्षिक प्रतिवेदन बैठकमा पेस गर्ने कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ।

संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार आजका बैठकहरू नियमित संसदीय प्रक्रिया तथा प्रशासनिक व्यवस्थापनका महत्वपूर्ण एजेन्डासहित सञ्चालन हुनेछन्।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.