काठमाण्डौ । बिजय लघुवित्त वित्तीय संस्थाको एफपीओमा ५७.१२ गुणा बढी आवेदन परेको छ । सिडिएस क्लियरिङ्ग लिमिटेडका अनुसार संस्थाको एफपीओमा आज अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाले आवेदन दिएका छन् ।
एफपीओमा कुल २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार रुपैयाँ बराबरको २ करोड ६६ लाख ६६ हजार ९९० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा ५७ गुणा बढी आवेदन हो ।
संस्थाले पुष २१ गतेदेखि सर्वसाधारणहरुका लागि अंकित मूल्य १०० रुपैयाँ दरमा ४ लाख ६६ हजार ८१७ कित्ता सेयर निष्कासन गरेको हो । मागभन्दा बढी आवेदन परेकाले एफपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।
संस्थाको सेयर १० कित्ताका दरले बाँडफाँड गर्दा ४६ हजार ६८१ जना आवेदकले प्राप्त गर्नेछन् । यसर्थमा आवेदन दिएका झण्डै २३ लाख आवेदकमध्ये साढे २२ लाखको हात भने खाली हुने निश्चित देखिएको छ

