काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । एक समारोहका बीच आज बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा उक्त एफपीओ बाँडफाँड भएको हो ।
क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल २१ लाख ९९ हजार २६ आवेदन परेको थियो । यसमध्ये २१ लाख ९६ हजार ३६ आवेदन सदर भएको छ । सदर भएका ४६ हजार ६८१ जना आवेदकहरुलाई ४ लाख ६६ हजार ८१७ कित्ता सेयर बाँडफाँड गरिएको छ ।
जसमध्ये ७ जनालाई आवेदकलाई थप एक/एक कित्ताका दरले एफपीओ बाँडफाँड गरिएको छ । मागभन्दा बढी आवेदन परेकाले एफपीओको बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको थियो ।
संस्थाले गत पुस २१ गतेदेखि २४ गतेसम्म एफपीओ निष्कासन गरेको थियो ।

