काठमाण्डौ । सालपा विकास बैंकको आइपीओमा अन्तिम दिनसम्म १३.३१ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिनसम्म बैंकको आइपीओमा २३ लाख ८३ हजार ९८१ जनाले आवेदन दिएका हुन् ।
कम्पनीको आइपीओमा कुल २ अर्ब ७८ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरको २ करोड ७८ लाख ९० हजार ३७० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा १३ गुणा बढी आवेदन हो ।
बैंकले गत पुष १६ गतेदेखि आम सर्वसाधारणहरुका लागि १४ लाख ३९ हजार १७९ कित्ता सेयर जारी गरेको हो । मागभन्दा बढी आवेदन परेपछि बैंकको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।
बैंकले १० कित्ताका दरले सेयर बाँडफाँड गर्दा १ लाख ४३ हजार ९१७ जनाले सेयर पाउनेछन् भने २२ लाख ४० हजार बढीको हात खाली हुनेछ ।

