बुधबार, श्रावण १३,२०८३ 10:19:08
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 10:19:08
Bizshala
Global IME Bank Limited

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन
New Office

काठमाण्डौ ।  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभामा रिक्त हुन लागेका कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । ती सदस्यहरूको कार्यकाल आगामी फागुन २० गतेदेखि समाप्त हुँदैछ ।

निर्वाचन आयोगले यसअघि पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको थियो । साथै, मतदाता नामावलीमा परेका दाबी–विरोधको छानबिनपछि मंगलबार अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिएको छ ।

कार्यतालिका अनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने तथा सोही दिन अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनेछ । पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।

निर्वाचन माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । निर्वाचन आयोगले राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार मतदाता संख्या र मतभारसमेत सार्वजनिक गरिसकेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.