बुधबार, बैशाख २,२०८३ 08:05:47
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 08:05:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

साना–मझौला उद्यमलाई ५ करोडसम्म कर्जा, ग्रामीण अर्थतन्त्र उकास्न राष्ट्रिय वाणिज्य बैंकको विशेष योजना

Bizshala
साना–मझौला उद्यमलाई ५ करोडसम्म कर्जा, ग्रामीण अर्थतन्त्र उकास्न राष्ट्रिय वाणिज्य बैंकको विशेष योजना
Shivam Cement

काठमाडौं । देशको अर्थतन्त्रमा मेरुदण्डका रूपमा रहेको साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रलाई थप सशक्त बनाउन राष्ट्रिय वाणिज्य बैंकले ५ करोड रुपैयाँसम्मको एसएमई कर्जा सुविधा सञ्चालनमा ल्याएको छ। नयाँ व्यवसाय सुरु गर्न चाहनेदेखि व्यवसाय विस्तार, उपकरण खरिद वा नगद प्रवाह व्यवस्थापन गर्न खोज्ने उद्यमीहरूलाई लक्षित गर्दै बैंकले आकर्षक व्याजदर र छिटो स्वीकृति प्रक्रियासहित कर्जा प्रवाह गरिरहेको जनाएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम ‘ग्रामीण जीवनमा सुधार, एसएमई कर्जाको विस्तार’ अन्तर्गत बैंकले विशेष प्राथमिकताका साथ ग्रामीण तथा उत्पादनशील क्षेत्रमा लगानी बढाएको हो। लघु, घरेलु, साना र मझौला उद्यमले रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले बैंकले यो क्षेत्रमा कर्जा विस्तारलाई रणनीतिक प्राथमिकता दिएको बताइएको छ।

तीन प्रकारका कर्जा सुविधा

बैंकले एसएमई अन्तर्गत तीन प्रकृतिका कर्जा उपलब्ध गराउँदै आएको छः

-आरबीबी एसएमई चालु पूँजी कर्जा – उद्योग तथा व्यापार सञ्चालनका लागि आवश्यक कार्यशील पूँजी व्यवस्थापन।

-आरबीबी एसएमई स्थायी चालु पूँजी कर्जा – दीर्घकालीन कार्यशील पूँजी आवश्यकताका लागि।

-आरबीबी एसएमई आवधिक कर्जा – मेसिनरी खरिद, कारखाना भवन निर्माण, व्यवसाय स्थल विस्तार लगायत स्थिर सम्पत्तिमा लगानीका लागि।

अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने व्यवस्था छ। आवश्यकता अनुसार एकवटा हायरपर्चेज कर्जा समेत प्रदान गर्न सकिने बैंकले जनाएको छ।

CG Motors
Garima Development Bank
IME remit

धितो र सुरक्षण व्यवस्था

कर्जा लिन प्राथमिक तथा सहायक सुरक्षण अनिवार्य गरिएको छ। चालु पूँजी कर्जामा स्टक, व्यापारिक सम्पत्ति तथा आसामी खाता सुरक्षण गर्नुपर्नेछ भने आवधिक कर्जामा मेसिनरी, भवन, उपकरण लगायत स्थिर सम्पत्ति सुरक्षण गर्नुपर्नेछ। सहायक सुरक्षणका रूपमा घरजग्गा, मिल–मेसिन वा स्वीकार्य अन्य सम्पत्ति धितो राख्न सकिनेछ।

सूचीकृत मूल्यांकनकर्ताबाट मूल्यांकन गरिएको अचल सम्पत्तिको ‘डिस्ट्रेस भ्यालु’ को ७० प्रतिशतसम्म कर्जा लगानी गर्न सकिने व्यवस्था छ। हायरपर्चेज कर्जामा भने थप धितो आवश्यक नपर्ने जनाएको छ।

छिटो निर्णय, प्रतिस्पर्धी व्याजदर

आवश्यक कागजात पूरा भएपछि ७ दिनभित्र कर्जा स्वीकृतिको निर्णय गरिने बैंकको दाबी छ। व्याजदर तथा प्रशोधन शुल्क एसेट–लायबिलिटी कमिटी (ALCO) ले निर्धारण गरेअनुसार हुने र प्रतिस्पर्धात्मक दरमा उपलब्ध गराइने बताइएको छ।

कर्जाको अवधि चालु पूँजीमा बढीमा १ वर्ष (नविकरणयोग्य), स्थायी चालु पूँजी तथा आवधिक कर्जामा ३ देखि १० वर्षसम्म, र हायरपर्चेजमा अधिकतम ७ वर्षसम्म हुनेछ। मासिक वा त्रैमासिक किस्तामा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

बीमा अनिवार्य

कर्जा सुरक्षित गर्न व्यवसायको स्टक तथा धितोमा रहेको सम्पूर्ण चल–अचल सम्पत्तिको (जग्गाबाहेक) बीमा अनिवार्य गरिएको छ, जसबाट बैंकले पूर्ण क्षतिपूर्ति पाउने व्यवस्था मिलाइनेछ।

राष्ट्रिय वाणिज्य बैंकले एसएमई कर्जा विस्तारमार्फत उत्पादनशील क्षेत्रमा लगानी बढाई रोजगारी अभिवृद्धि, ग्रामीण आयस्तर सुधार र समग्र आर्थिक विकासमा टेवा पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.