काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको अध्यक्षमा राधेश्याम खड्का चयन भएका छन् । पुस २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रिक्त रहेको अध्यक्ष पदमा बाँकी कार्यकालका लागि खड्कालाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले यसअघिका अध्यक्ष नारायण दत्त तिमल्सिनाले सञ्चालक र अध्यक्ष पदबाट पुस २२ गते दिएको राजीनामा स्वीकृत समेत गरेको छ । तिमल्सिनाको राजीनामा स्वीकृत भएसँगै ज्येष्ठ सञ्चालकको रुपमा राधेश्याम खड्कालाई अध्यक्ष चयन गरिएको कम्पनीले जनाएको छ ।

