Bizshala
  • शुक्रबार, पुष २५,२०८२ 12:09:30
Bizshala
Global IME Bank Limited

आईपीओको तयारीमा रहेको लुम्बिनी प्यालेस रिसोर्ट पाँचतारेमा स्तरोन्नती हुने

Hyundai Nepal
आईपीओको तयारीमा रहेको लुम्बिनी प्यालेस रिसोर्ट पाँचतारेमा स्तरोन्नती हुने
Shivam Cement

काठमाण्डौ । रुपन्देही जिल्लाको सियारी-५ मा मिति २०७५ सालदेखी सञ्चालन भैरहेको र विगत ३ वर्षदेखि निरन्तर मुनाफामा सञ्चालन भैरहेको लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले आफ्नो सेवालाई स्तरोन्नती गर्न Lumbini Marriott Resort & Spa को ब्राण्डमा पाँचतारे होटल सञ्चालन गर्ने भएको छ । 

जुन Marriott International को काठमाण्डौ उपत्यका वाहिरको पहिलो र एकमात्र उपस्थिति हुनेछ । जसको लागि रिसोर्टको तर्फबाट रिसोर्टका अध्यक्ष दिपक पाण्डेय, प्रबन्ध सञ्चालक रोशन कुमार न्यौपाने लगायतका रिसोर्टका सञ्चालकज्यूहरु एवम् उच्चपदस्थ पदाधिकारीज्यहरु र Marriott International को तर्फबाट Marriott International को एशिया प्यासिफिक हेर्ने प्रमुख सञ्चालन afar Mr. Neeraj Govil Marriott International Senior Vice President, Development South Asia, Mr. Kiran Andicott, Vice President, Development South Asia, Ms. Juhi Roy लगायतका उच्चपदस्थ पदाधिकारीज्यूहरुको संलग्नतामा Global Hospitality Licensing S.AR. L. (Marriott International) सँग Hotel Management Agreement (HMA) सम्पन्न गरेको छ । 

CG Motors
Bizshala
Garima Development Bank

लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले यसै आर्थिक वर्षको अन्तसम्ममा पाँच तारे रिसोर्टको सञ्चालन अनुमति लिने लक्ष्य लिएको छ । नेपालको पर्यटन उद्योगमै विल्कुलै नयाँ सुविधाहरु सहित नेपालको पहिलो र एकमात्र Water Resort को रुपमा सञ्चालन हुने यस रिसोर्टमा अत्याधुनिक, Futuristic एवम् उच्च प्रविधियुक्त Water Fountains, Water Shows, Musical Fountains, 3D Water Screens, Motor Boating, Mini Cruise, Water Restaurant, Water Spa, लगायतका दर्जनौं Water Activities को अदभुत सुविधाहरु उपलब्ध हुनेछ ।

साथै, हाल विश्वभर नै चुनौतीको रुपमा रहेको Climate Change, Global Warming, Ecological Imbalances लगायतका विषयहरु समेतलाई मध्यनजर गर्दै यस रिसोर्टलाई नेपालको पहिलो र एकमात्र Green Certification (Gold) सहितको Wellness Retreat and Eco Resort को रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । जस अर्न्तगत Green Certification (Gold) को लागि पूरा गर्नुपर्ने मापदण्डहरु जस्तै वातावरण संरक्षण, उर्जा वचत, दिगो विकास र कम प्रदुषणहरु लगायतका प्रावधानहरुको पूर्ण परीपालना गर्ने लक्ष्य लिइएको छ । त्यस्तै गरी प्राकृतिक एवम् दिगो मानव स्वास्थ्य एवम् Naturotherapy लाई 
पनि प्रवर्द्धन गर्दै Organic Certification सहितको नेपालको पहिलो र एकमात्र Organic Five Star Wellness Luxury Resort को रुपमा यस रिसोर्टलाई विकास गर्ने लक्ष्य समेत लिइएको छ । 


त्यसैगरी, Sports Tourism समेतलाई प्रवर्द्धन गर्न यस रिसोर्टलाई एउटै छातामुनी नेपालमा खेलिने सम्पूर्ण प्रमुख खेलहरुको लागि आवश्यक हुने अन्तराष्ट्रिय स्तरको सम्पूर्ण पुर्वाधार सहितको नेपालको पहिलो र एक मात्र Multi Specialty Resort को रुपमा विकास गर्ने लक्ष्य समेत लिइएको छ । 
साथै, शान्तीका प्रतिक गौतम बुद्धको जन्मस्थल लुम्विनीको र नेपालको विविध सांस्कृतिक धरोहरहरुको प्रबर्द्धन गर्न यस रिसोर्टमा Buddha Theme Park, Mini Stupas, Mini Buddha Museum, Meditation Zones, Cultural Centers लगायतका अदभुत सम्मिश्रण समेत उपलब्ध हुनेछ ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

पूर्ण सञ्चालनमा आएपश्चात Water / Eco / Wellness/Sports/Cultural लगायतका विश्व पर्यटनका विभिन्न विधाहरुको अनुभव हासिल गर्न चाहने एवम् अन्तराष्ट्रिय स्तरका सभासम्मेलन गर्न चाहने तथा विवाह लगायतका सर्वाङ्गीण महत्वका व्यक्तिगत कार्यक्रमहरुको लागि अन्तराष्ट्रिय स्तरमै ख्याति प्राप्त नेपालकै पहिलो र एकमात्र उत्कृष्ट गन्तव्यको रुपमा यस रिसोर्ट स्थापित हुने विश्वास लिइएको छ । 

जसलाई मुर्तरुप दिनको लागि यस रिसोर्टमा राष्ट्रिय एवम् अन्तराष्ट्रिय स्तरको होटल व्यवस्थापनमा करिब २७ वर्ष भन्दा बढीको अनुभव हासिल गर्नु भएका Vijayananmaran Shanmugam लाई Operations and Assets Development को हैसियतमा व्यवस्थापन प्रमुखको रुपमा नियुक्त गरिसकिइएको छ । साथै, यस रिसोर्टमा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त विज्ञहरुलाई Management/Assets Development Consultant को रुपमा समेत नियुक्त गरिसकिइएको छ । 
साथै, रिसोर्टले प्राथमिक सेयर (IPO) निस्कासन गर्नको लागि आवश्यक तयारी समेत अघि बढाइएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.