काठमाण्डौ । चालु आवको ५ महिनामा ४३ अर्ब भन्दा बढीको धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मंसिर महिनासम्ममा ४३ अर्ब २४ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।
जसमा रु.२१ अर्ब ९६ करोड बराबरको साधारण सेयर, रु.७ अर्ब ४६ करोड बराबरको हकप्रद सेयर, रु.६ अर्ब २५ करोड बराबरको म्युचुअल फन्ड, रु.३ अर्ब ४० करोड बराबरको डिबेन्चर, रु.३ अर्ब २४ करोड बराबरको बोनस सेयर र रु.९२ करोड ५० लाख बराबरको एफपीआ रहेका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.११ अर्ब ८३ करोड बराबरको म्युचुअल फण्ड, रु.५ अर्ब १५ करोड बराबरको साधारण सेयर र रु.३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर गरी कुल रु.२० अर्ब ७५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ मङ्सिर मसान्तमा सूचीकृत ९ अर्ब ११ करोड सेयरको चुक्ता मूल्य रु.८९६ अर्ब ६० करोड रहेको छ ।

