बुधबार, असार १७,२०८३ 01:42:22
Bizshala
  • बुधबार, असार १७,२०८३ 01:42:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बजार नबढ्दा ४५ म्युचुअल फण्ड घाटामा, सेयरबजारमा धमाधम लगानी थप्दै

Laxmi Sunrise Bank Limited
बजार नबढ्दा ४५ म्युचुअल फण्ड घाटामा, सेयरबजारमा धमाधम लगानी थप्दै

काठमाण्डौ । गत भदौ २३ र २४ गते भएको जेजनी आन्दोलनपश्चात् नेपालको पूँजीबजारले खासै गति लिन सकिरहेको छैन । अस्थिर राजनीति र चुनावी माहोल राम्रो नबनेका कारण सेयर लगानीकर्ताहरुमा मनोबल बढ्न सकिरहेको छैन, जसकारण सेयरबजारले लय समाउन नसकिरहेको अवस्था छ ।

सेयरबजारमा संस्थागत लगानीकर्ताको रुपमा रहेका सामूहिक लगानी कोष अर्थात् म्युचुअल फण्डहरुको सेयरबजारमा अर्बौ रकम लगानी रहेको हुन्छ । बजारमा उताचढाव आउने बित्तिकै फण्डहरुको वित्तीय अवस्था नै फेरबदल हुने अवस्था आउँछ ।

सेयरबजार माथि उक्लिन नसक्दा अधिकांश बन्दमुखी तथा खुलामुखी योजनाहरु अर्थात् म्युचुअल फण्डहरु घाटामा देखिएका छन् । सञ्चालनमा रहेका ५२ म्युचुअल फण्डमध्ये मंसिर महिनामा ७ फण्ड मात्रै नाफामा देखिएका छन् भने ४५ वटा फण्ड अझैपनि घाटामा रहेका छन् ।

New Office
CG Motors
Garima Development Bank

तर घाटामा रहेका फण्डहरुले पनि अघिल्लो महिना अर्थात् कात्तिकको तुलनामा घाटा कम गरेका छन्, जसकारण सबै म्युचुअल फण्डहरुको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) बढ्न पुगेकोछ ।

कात्तिक महिनाको तुलनामा सेयरबजारमा केही प्रतिशत सुधार देखिँदा अधिकांश म्युचुअल फण्डहरुले घाटा कम गरेका छन् । उक्त महिनामा नाफा रहेका ७ म्युचुअल फण्डहरुमा सनराइज फोकस्ड इक्विटी फण्ड, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सानिमा ग्रोथ फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड, एमबीएल इक्विटी फण्ड, रिलायबल समृद्धि योजना र लक्ष्मी भ्यालु फण्ड–२ रहेका छन् । सबैभन्दा धेरै नाफा कमाउनेमा सनराइज फोकस्ड इक्विटी फण्डले ३ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

सबैभन्दा धेरै घाटा ब्यहोर्ने फण्डमा भने एनआइबीएल सहभागीता फण्ड रहेको छ । यो फण्डले मंसिर महिनामा कुल ४८ करोड ६० लाख रुपैयाँ घाटा ब्यहोरेको छ । अघिल्लो महिनामा भने फण्डले ६५ करोड ८८ लाख रुपैयाँ घाटा व्यहोरकेो थियो ।

सबै फण्डको न्याभमा सुधार

मंसिर महिनामा अधिकांश फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य ९न्याभ०मा सुधार देखिएको छ । सो अवधिसम्म एचएलआई लार्ज क्याप फण्ड बाहेक सबै फण्डको न्याभ बढेको छ ।

फण्डहरुले लगानी गरेका सेयर/बण्डको मूल्य बढ्न पुग्दा न्याभ बृद्धि हुन पुगेको हो । साथै फण्डहरुको डिभिडेन्डमार्फत पनि न्याभ बढेको बुझ्न सकिन्छ र ब्याज आम्दानीमा पनि सुधार हुँदा फण्डको न्याभ बढ्न पुग्ने हुँदा अधिकांशको न्याभमा सुधार देखिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

योसँगै क्यापिटल गेनबाट समेत फण्डहरुले न्याभ बढाएका हुन्छन् । कम मूल्यमा किनेको सेयर पछि मूल्य बढ्दा बिक्री गर्दा त्यो नाफा फण्डको सम्पत्तिमा जोडिन्छ ।

सो अवधिसम्म सबैभन्दा बढी न्याभ प्रमु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डको छ । प्रभु स्मार्टको ११.९१ रुपैयाँ र प्रभु सेलेक्टको न्याभ ११.६४ रुपैयाँ छ ।

अधिकांशले बढाए सेयरबजारमा लगानी

म्युचुअल फण्डहरुले सेयरबजारमा लगानी बढाएका छन् । संस्थागत लगानकिर्ताको रुपमा रहेको म्युचुअल फण्डहरुले मंसिर महिनामा ४.७५ प्रतिशतले लगानी बढाएका छन् ।

मंसिर महिनामा ५२ म्युचुअल फण्डको सेयरबजारमा कुल ५२ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ लगानी रहेको छ । जुन यो कात्तिक महिनाको तुलनामा २ अर्ब ४० करोड ३२ लाख रुपैयाँ बढी हो । कात्तिकमा फण्डहरुको कुल ५० अर्ब ५९ करोड ३३ लाख रुपैयाँ लगानी रहेको थियो ।

सो अवधिसम्म ४१ वटा फण्डले सेयरबजारमा लगानी बढाएका छन् भने ११ वटा फण्डले भने घटााएका छन् । बैंकहरुको ब्याजदर घटेका कारण म्युचुअल फण्डहरुले सेयरबजारमा लगानी बढाएका छन् ।

सबैभन्दा बढी लगानी गर्नेमा एनआइबीएल सहभागीता फण्ड रहेको छ । यो फण्डको सेयरबजारमा मात्रै कुल ६ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ लगानी रहेको छ । फण्डको लगानी अघिल्लो महिनाको तुलनामा ६.१६ प्रतिशत बढेको छ ।

साथै कात्तिकको तुलनामा मंसिर महिनामा सबैभन्दा बढी लगानी बढाउने फण्डमा भने एचएलआई लार्ज क्याप फण्ड रहेको छ । यो फण्डले ४१.७० प्रतिशतले सेयरबजारमा लगानी बढाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.