काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० सय रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र काठमाण्डौको मध्यबानेश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ ।

