काठमाण्डौ । दरमखोला हाइड्रो इनर्जीे लिमिटेडको लक इन अवधि आगामी माघ महिनामा समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीको १ लाख ४५ हजार ९७५ कित्ता सेयरको लक इन अवधि माघ २८ गते समाप्त हुन लागेको हो ।
कम्पनीको सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको सेयर सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो ।
कम्पनीले गत साउन १५ गतेदेखि साउन १९ गतेसम्म आम सर्वसाधारणका लागि जारीपूँजीको २८।३३ प्रतिशत अर्थात २९ लाख १९ हजार ५ सय कित्ता सेयर जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड साउन २९ गते भएको थियो ।

