काठमाण्डौ । कुमारी बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा २०८२ साल पुस महिना ३० गते बुधबारका दिन काठमाण्डौको थिरबम सडक, टंगाल स्थीत आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ ।
सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आव २०८१/८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरियो ।
कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

