मंगलवार, श्रावण १२,२०८३ 04:21:46
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 04:21:46
Bizshala
Global IME Bank Limited

कांग्रेस आधिकारिताको विवादमा आजै निर्णय आउने, गगन-विश्व समूहको जित हुने 'पूर्वसंकेत' !

कांग्रेस आधिकारिताको विवादमा आजै निर्णय आउने, गगन-विश्व समूहको जित हुने 'पूर्वसंकेत' !
New Office

काठमाण्डौ । नेपाली कांग्रेसभित्रको आधिकारिकताको विवाद तीव्र बन्दै गएको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूह र शेरबहादुर देउवा पक्ष दुवैले निर्वाचन आयोगमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।

आयोग स्रोतहरूका अनुसार, यो विवादबारे कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू सगुनशम्शेर जबरा, जानकी तुलाधर र आयोगका सचिव तथा कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीहरूबीच गहन छलफल जारी छ। सकेसम्म छिट्टै, सम्भवतः आजैसम्म निर्णायक टुंगो लाग्ने गरी आयोग जुटेको बुझिएको छ।

यसबीच, निर्वाचन आयोगको उच्च स्रोतबाट प्राप्त जानकारीअनुसार, आयोगले विशेष महाधिवेशन पक्षधर अर्थात् गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहको पक्षमा निर्णय दिने स्पष्ट संकेत देखिएको छ। यदि यस्तो निर्णय भयो भने गगन–विश्व समूहले पार्टीको आधिकारिक मान्यता पाउने, साथै चुनाव चिन्ह रुख र चारतारे झण्डा पनि यही समूहले प्रयोग गर्न पाउने लगभग निश्चित देखिन्छ।

यो निर्णयले कांग्रेसभित्रको रुपान्तरण अभियानलाई नयाँ गति दिने र पार्टीमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ।

अहिले दुवै पक्षका नेता तथा कार्यकर्ताहरू निर्वाचन आयोगको कार्यालय अगाडि भेला भएका छन्। केहीले सडक अवरुद्ध गरेर धर्ना र प्रदर्शनसमेत गरिरहेका छन्, जसले आयोगको निर्णयलाई थप चासोको विषय बनाएको छ।

आयोगको अन्तिम फैसला जुनसुकै पक्षको पक्षमा आए पनि यसले नेपाली कांग्रेसको आन्तरिक राजनीति र आगामी निर्वाचनमा ठूलो प्रभाव पार्ने देखिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.