काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) तोयराज अधिकारीको राजीनामा स्वीकृत भएको छ । माघ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनको राजीनामा माघ २ गतेदेखि नै लागू हुने गरी स्वीकृत भएको कम्पनीले जनाएको छ । उनले आफ्नो पदबाट गत पुस १७ गते राजीनामा दिएका थिए ।
यस्तै बैठकले कम्पनीकी सहायक महाप्रबन्धक अर्चना प्रधानलाई कम्पनीको कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

