Bizshala
  • आईतवार, माघ ४,२०८२ 08:03:58
Bizshala
Global IME Bank Limited
Bizshala

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारी दर्ताको समय लम्ब्याउने तयारीमा आयोग

Hyundai Nepal
प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारी दर्ताको समय लम्ब्याउने तयारीमा आयोग
Shivam Cement

काठमाण्डौ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समयसीमा बढाउने विकल्पमा निर्वाचन आयोग पुगेको छ । 

राजनीतिक दलहरूको दबाबपछि आयोगले मनोनयन दर्ताको अवधि केही दिन थप गर्नेबारे आन्तरिक छलफल अघि बढाएको हो ।

CG Motors
Bizshala
Garima Development Bank

आयोगका एक अधिकारीका अनुसार निर्वाचनको समग्र कार्यतालिका भने यथावत् रहनेछ । “कार्यक्रम सार्ने कुरा छैन, तर मनोनयन दर्ताका लागि दलहरूलाई थप समय दिन सकिन्छ । औपचारिक निर्णय गर्न बाँकी छ,” ती अधिकारीले बताए ।

हालको तालिकाअनुसार माघ ६ गते उम्मेदवारी दर्ता हुनुपर्ने भए पनि अब आयोगले कम्तीमा दुई दिन थपेर माघ ८ गतेसम्म समय खुला राख्ने तयारी गरेको स्रोतले जनाएको छ ।

यसबीच नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले मनोनयन मिति सार्न आयोगलाई औपचारिक रूपमा आग्रह गरेको छ । आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई मान्यता दिएको निर्णयविरुद्ध उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् र सो रिटको प्रतिलिपिसहित आयोग पुगेर निर्वाचन कार्यक्रम स्थगनको माग गरेका हुन् ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

देउवा पक्षले आयोगको निर्णयलाई अवैधानिक र असंवैधानिक ठहर गर्दै अदालतले अन्तिम फैसला नगरेसम्म निर्वाचन प्रक्रिया अघि नबढाउनुपर्ने अडान लिएको छ । उनीहरूले उम्मेदवारी छनोट रोक्न, आयोगको निर्णय बदर गर्न, विशेष महाधिवेशनबाट बनेको कार्यसमिति खारेज गर्न र प्रतिनिधिसभा मनोनयनका लागि नयाँ मिति तोक्न परमादेश माग गरेका छन् ।

यस प्रकरणले प्रत्यक्षतर्फको उम्मेदवारी प्रक्रियामा अन्योल थपिएको छ । आयोगको निर्णय र सर्वोच्चको आदेशले निर्वाचनको दिशाबारे निर्णायक भूमिका खेल्ने देखिएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.