काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारीमा हिरा बहादुर आले नियुक्त भएका छन् । माघ ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आलेलाई कार्यवाहक प्रमुख कार्यकारी पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
संस्थाको नायव कार्यकारी प्रमुख कार्यकारी पदमा कार्यरत उनलाई अर्को व्यवस्था नभएसम्मका लागि उक्त जिम्मेवारी दिइएको हो ।
यस्तै उक्त बैठकले संस्थाको यसअघिका सीईओ डा.गोपाल दहितको राजीनामा माघ ५ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।

