Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

कान्तिपुर इन्टरनेशनल कलेज र नेपाल इको प्यानलबीच समझदारीपत्रमा हस्ताक्षर

Global IME Bank Limited
कान्तिपुर इन्टरनेशनल कलेज र नेपाल इको प्यानलबीच समझदारीपत्रमा हस्ताक्षर
Nabil Bank Limited

काठमाण्डौ । कान्तिपुर इन्टरनेशनल कलेज र नेपाल इको प्यानलवीच आइतबार दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको छ । समझदारीपत्रमा कलेजका प्रिन्सिपल प्राडा जीवराज पोखरेल र नेपाल इको प्यानलकातर्फबाट व्यवस्थापक जनरल म्यानेजर विक्रम गोसाईले हस्ताक्षर गरेका छन् ।

कलेजमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई इको प्यानलको कारखानामा अवलोकन भ्रमण गराउने, कार्यशाला (सिमेन्ट÷कंक्रिट सम्बन्धित)गेस्ट लेक्चरका विषयमा सहमति भएको हो । सहमति अनुसार नेपाल इको प्यानलले कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई कारखाना भ्रमणको सुविधा दिने छ । भ्रमण आवश्यकता अनुसार वा प्रत्येक शैक्षिक सेमेस्टरमा एक पटक हुनेछ । कलेजले त्यसको लागि नेपाल इको प्यानललाई प्रस्तावित भ्रमण मिति भन्दा कम्तीमा १५ दिन अगाडि सूचित गर्नेछ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यशाला (सिमेन्ट÷कंक्रिट सम्बन्धित)÷गेस्ट लेक्चर सम्वन्धमा नेपाल इको प्यानल सबै सेमेस्टरमा सिमेन्ट सम्बन्धी वा अन्य विषय सम्बन्धी विषयहरूमा विभिन्न कार्यक्रमका विद्यार्थीहरूका लागि सञ्चालन गर्न सहमती भएको छ  । विशिष्ट विषयहरू र तालिका प्रत्येक सेमेस्टर अघि दुवै पक्षहरूद्वारा पारस्परिक रूपमा सहमत हुनेछन् । कार्यशाला व्यवस्थासँग सम्बन्धित सबै खर्चहरू (सहयोगकर्ता, प्रदर्शनका लागि उपकरण वा अन्य सम्बन्धित लागत) कलेजले व्यवस्था गर्नुपर्नेछ ।  

एमओयू पाँच वर्षको अवधिको लागि हुने जनाइएको छ । सहमति अनुसार कलेजलाई इको प्यानलसँंग औद्योगिक भ्रमण, अतिथि व्याख्यान र सिमेन्ट सम्बन्धी अन्य कुनै पनि शैक्षिक गतिविधिहरूमा सहकार्य गर्ने विशेष अधिकार हुनेछ ।  

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशनको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यसको कारखाना भक्तपुरको झौखेलमा छ भने कर्पोरेट कार्यालय भक्तपुरकै सल्लाघारीमा रहेको छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.