काठमाण्डौ । सुनको भाउले रेकर्ड बनाउने क्रम आजपनि जारी रहेको छ । यससँगै सुनको भाउ लगातार तेस्रो दिन हालसम्मकै उच्च कायम भएको छ ।
स्थानिय बजारमा आज सुनको भाउ १० हजार ४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि माघ ६ गते सुनको भाउले रेकर्ड कायम गरेको थियो । उक्त दिन सुनको मूल्य २७ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य ४० रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदी आज प्रतितोला ५ हजार ९२० रुपैयाँमा कारोबार हुँदैछ ।

