आईतवार, श्रावण १०,२०८३ 05:24:18
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 05:24:18
Bizshala
Global IME Bank Limited

ट्रम्प– म्याक्रोन तनावः जी–७ को आपतकालीन बैठकमा पेरिस नजाने ट्रम्पको संकेत

ट्रम्प– म्याक्रोन तनावः जी–७ को आपतकालीन बैठकमा पेरिस नजाने ट्रम्पको संकेत
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई लक्षित गर्दै टिप्पणी गरेका छन्। ट्रम्पसँग जी–७ को आपतकालीन बैठकमा सहभागी हुन पेरिस जाने या नजाने भन्ने प्रश्न सोधिँदा उनले पेरिस जान अस्वीकार गरे।

ट्रम्पले भने, ‘होइन, म त्यहाँ रहनेछैनँ, किनभने इम्यानुएल त्यहाँ धेरै समय रहनेवाला छैनन्।’ ट्रम्पको यो अभिव्यक्तिलाई  म्याक्रोनको राजनीतिक भविष्यप्रति संकेतको रूपमा हेरिएको छ।

यसअघि फ्रान्सका राष्ट्रपति  म्याक्रोनले अमेरिका तर्फबाट नयाँ ट्यारिफहरूको वृद्धि स्वीकार्य नभएको बताएका थिए। उनले ट्यारिफलाई क्षेत्रीय सार्वभौमिकतामाथि दबाब सिर्जना गर्ने हतियारको रूपमा प्रयोग गरिनु गम्भीर विषय भएको बताएका थिए ।

स्विट्जरल्यान्डको दावोसमा आयोजित विश्व आर्थिक मञ्चमा विश्व नेताहरूलाई सम्बोधन गर्दै  म्याक्रोनले उक्त धारणा राखेका हुन्। यो अभिव्यक्ति त्यतिबेला आएको हो, जब केही दिनअघि राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने योजनाको विरोध गर्ने देशहरूमाथि नयाँ ट्यारिफ लगाउने घोषणा गरेका थिए।

दावोस सम्मेलनकै क्रममा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि ग्रीनल्यान्डप्रति ऐक्यबद्धता जनाउँदै भने, ‘हामी ग्रीनल्यान्ड र डेनमार्कको पक्षमा दृढतापूर्वक उभिएका छौँ।’

यी घटनाक्रमले ट्रान्स–अटलान्टिक सम्बन्धमा बढ्दो तनाव र व्यापार तथा भू–राजनीतिक विवाद थप चर्किन सक्ने संकेत देखिएको छ । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.