काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ८ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र नेपाल स्टक हाउस रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् । आज सर्वाधिक कारोबार गर्ने ब्रोकर नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै १ अर्ब ५८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५१.८० प्रतिशत सेयर खरिद भएको छ भने ४८.२० प्रतिशत सेयर बिक्री भएको छ ।


