काठमाण्डौ । नेपाल लाइफ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने गरिएको छ । नेपाल लाइफ इन्स्योरेन्स कोष प्रवद्धक र नेपाल लाइफ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १६ करोड इकाइको बिक्री आवेदन गत माघ ४ गतेदेखि खुला गरिएको थियो ।
यो योजनाको इकाई बिक्री बन्द छिटोमा माघ ८ गते हुने तय भएको थियो । तर मागबमोजिम आवेदन नपरेकाले यो योजनाको इकाई खरिदका लागि आवेदन दिने म्याद माघ १८ गतेसम्मका लागि थप गरिएको छ । उक्त अवधिभित्र मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा माघ १८ गते अगावै कुनैपनि दिन सूचना जारी गरी बिक्री आवेदन बन्द गरिने कम्पनीले जनाएको छ ।
यो योजनाको कुल निष्कासनमध्ये बीज पूँजीबापत २ करोड २४ लाख इकाई कोष प्रवद्र्धक नेपाल लाइफ इन्स्योरेन्सलाई र १६ लाख योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटललाई सुरक्षित राखि बाँकी रहने १३ करोड ६० लाख इकाई सर्वसाधारणहरुमा निष्कासन गरिएको छ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड ६० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल लाइफ क्यािपटल लिमिटेड रहेको छ।
नेपाल लाइफ क्यापिटल लिमिटेडले पुस १३ गते नेपाल धितोपत्र बोर्डबाट अर्ब ६० करोड रुपैयाँबराबरको रु. १० अंकित दरका १६ करोड इकाई भएको ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक बन्दमुखी योजना बिक्री गर्न अनुमति पाएको थियो ।

