काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नहुने स्पष्ट पारेकी छन्। तामाङले आफ्नो फेसबुक पेजमार्फत पछिल्लो समय फैलाइएका हल्लाप्रति प्रतिक्रिया दिँदै उनले त्यस्ता भ्रमको पछि नलाग्न आग्रह गरेकी हुन्।
तामाङले आफू चुनाव जित्ने उद्देश्यसहित उम्मेदवारी दिएको उल्लेख गर्दै जनताको प्रतिनिधिका रूपमा निर्वाचित भएर आउने दृढ विश्वास व्यक्त गरेकी छिन्। ‘हल्लाको पछि नलागौं। चुनाव जित्न उठेको मेरो उम्मेदवारी फिर्ता होइन, म जनताको प्रतिनिधि बनेर आउँछु,’ उनले भनिन्।
सामाजिक सञ्जालमा आशिका तामाङले उम्मेदवारी फिर्ता लिएको भन्दै विभिन्न मिडिया तथा व्यक्तिहरुले खबर सम्प्रेषण गरेसँगै तामाङले उक्त विषयमा स्पष्टीकरण दिएकी हुन् ।


