बुधबार, श्रावण १३,२०८३ 10:16:30
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 10:16:30
Bizshala
Global IME Bank Limited

आज राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदै

आज राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदै
New Office

काठमाण्डौ । राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि आगामी फागुन २० गते समाप्त हुँदैछ । रिक्त हुने ती पदका लागि माघ ११ गते सातै प्रदेशमा मतदान हुने भएको छ ।

सातै प्रदेशको राजधानी रहेका जिल्लामा तोकिएका मतदान केन्द्रमा बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । यस निर्वाचनबाट राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित १९ सदस्य प्रतिस्थापन हुने छन् ।

प्रदेशगत रूपमा कोशीका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर, मधेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर, बागमतीका लागि भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा, गण्डकीका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनीका लागि कर्मचारी मिलन केन्द्र घोराही, कर्णालीका लागि प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर र सुदूरपश्चिमका लागि प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदान केन्द्र तोकिएको छ ।

मतदानका लागि निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्र, निर्वाचित हुँदा प्रदान गरिएको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक परिचय खुल्ने कागजात आवश्यक पर्ने आयोगले जनाएको छ ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी सहभागी छन् । संघीय संसद् सचिवालयका अनुसार एमालेका आठ, नेपाली कम्युनिस्ट पार्टीका आठ, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालका एक/एक गरी १८ सदस्यको पद रिक्त हुँदैछ । मनोनीत सदस्य वामदेव गौतमले यसअघि नै राजीनामा दिएका छन् । बाँकी एक सदस्य राष्ट्रपतिबाट मनोनीत गरिनेछ ।

सातै प्रदेशमा गरी कुल २०३८ मतदाता छन् । केही स्थानीय तहका पदाधिकारीले राजीनामा दिए पनि नाम मतदाता नामावलीमा समावेश रहेको आयोगले जनाएको छ । यस निर्वाचनमा सबैभन्दा बढी चार सदस्य मधेश प्रदेशबाट निर्वाचित हुनेछन् । कोशी र लुम्बिनीबाट तीनरतीन, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट दुईरदुई सदस्य निर्वाचित हुने व्यवस्था छ ।

१८ पदका लागि ४४ जनाको उम्मेदवारी परेको छ । निर्वाचनका लागि समूहअनुसार छुट्टा–छुट्टै गरी १८ प्रकारका मतपत्र छापिएका छन् । पालिकाका मतदाताका लागि सेतो पृष्ठभूमिमा रातो र प्रदेश सभा सदस्यका लागि सेतो पृष्ठभूमिमा हरियो मतपत्र प्रयोग गरिनेछ ।

प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ तोकिएको छ । सम्बन्धित प्रदेशमा बढी मतभार प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन् ।

राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुने व्यवस्था छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.