काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्यले आजपनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा आज सुन ९ हजार ५ सय रुपैयाँले महङ्गिएसँगै सुनले नयाँ उचाई हासिल गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ । सुनको यो मूल्य हालसम्मकै धेरै हो ।
अघिल्लो दिनपनि सुनको भाउ उच्च विन्दुमा पुगेको थियो । उक्त दिन सुनको मूल्य ३ सय रुपैयाँले बढ्दै प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि रेकर्डस्तरमा पुगेको छ । चाँदी ४३० रुपैयाँले बढ्दै प्रतितोला ७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

