काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा साढे ११ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेको छ ।
त्यस्तै, क्यापिटल म्याक्स सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, अनलाइन सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् । आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ ।
उक्त ब्रोकरबाट आज मात्रै १ अर्ब ६६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५२.७० प्रतिशत सेयर खरिद भएको छ भने ४७.३० प्रतिशत सेयर बिक्री भएको छ ।


