Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

७ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने हिमालयन एभरेष्ट

Global IME Bank Limited
७ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने हिमालयन एभरेष्ट
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२ को विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३१५ कम्पनीको ७२ लाख ९० हजार २०० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८७ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये होटल तथा पर्यटन समूह मात्रै बढेको छ, भने बाँकी सबै उपसूचक घटेका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.१५ प्रतिशत र निर्जीवन बीमा समूह ०.४० प्रतिशतले घटेको छ ।  

आज ७ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक सानिमा जिआइसी इन्स्योरेन्सको सेयरभाउ २।१२ प्रतिशतले बढेर ५३४ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, प्रभु महालक्ष्मी लाइफको ०.९८ प्रतिशत,  सलिकोको ०.५८ प्रतिशत, नेशनल लाइफको ०.४७ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४६ प्रतिशत, हिमालयन लाइफको ०.३५ प्रतिशत र नेपाल लाइफको ०.१७ प्रतिशतले सेयरभाउ बढेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज सर्वाधिक सेयरभाउ घट्ने बीमा कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.२० प्रतिशतले घटेर ५७७ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, सुर्यज्योति लाइफको ०.९९ प्रतिशत, एलआइसी नेपालको ०.९६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.९४ प्रतिशत, आरबीसीएलको ०.९४ प्रतिशत, एनएलजीको ०.९२ प्रतिशत, प्रभुको ०.९० प्रतिशत, आइएमई लाइफको ०.८२ प्रतिशत, युनाइटेड अजोडको ०.७९ प्रतिशत, नेपाल रि को ०.७४ प्रतिशत, हिमालयन रि को ०.६८ प्रतिशत, नेकोको ०.६१ प्रतिशत, सिटिजन लाइफको ०.५५ प्रतिशत, शिखरको ०.२९ प्रतिशत, सन नेपाल लाइफको ०.१७ प्रतिशत, एशियन लाइफको ०.०५ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.०५ प्रतिशतले सेयरभाउ घटेको छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.