बुधबार, बैशाख २,२०८३ 06:18:16
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 06:18:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज शहिद दिवस मनाइँदै

Bizshala
आज शहिद दिवस मनाइँदै
Shivam Cement

काठमाण्डौ । आज देशभर सहिद दिवस देशभर मनाइँदै छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा आज विविध कार्यक्रम गरी सहिद दिवस मनाइँदै छ ।

सहिद दिवस विसं २००७ देखि प्रत्येक वर्ष माघ १६ गते मनाउने गरिएको छ । वीर शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहिद दिवस मनाउने गरिन्छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।

यस्तै, सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

CG Motors
Garima Development Bank
IME remit

शहिद दिवसको अवसरमा नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक बिदा दिने गरेको छ । आज देशका सम्पूर्ण सरकारी कार्यालय, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.