काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडको नाफा ६९.२५ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २० करोड ५९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १२ कोड १७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
नाफासँगै कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । अघिल्लो आवमा ६० करोड ६० रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा भने ६७ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीको वित्त खर्च २८ करोड ९६ लाखबाट घटेर २४ करोड ६६ लाखमा सीमित बनेको छ । ह्रासकट्टी खर्च भने १४ करोड ५६ लाखबाट बढेर १५ करोड ७७ लाख पुगेको छ । यस्तै अघिल्लो आवमा १ करोड ५३ लाख रहेको अन्य सञ्चालन खर्च भने घटेर १ करोड १३ लाखमा सीमित बनेको छ ।
कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ छ । कम्पनीको रिजर्भको आकार १५ करोड ४ लाखबाट बढेर ३४ करोड ७४ लाख पुगेको छ ।
त्यस्तै कम्पनीको कुल चालु सम्पत्ति ४५ करोड ७० लाख र कुल चालु दायित्व ३५ करोड ५१ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ९.३४ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ११५.७६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४४२.३६ रुपेयाँ र तरलता अनुपात १.२९ प्रतिशत कायम भएको छ ।

