शुक्रबार, जेष्ठ १,२०८३ 01:06:20
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 01:06:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

खुद ब्याज आम्दानीसँगै बढ्यो हिमालयन लघुवित्तको नाफा, वितरणयोग्य मुनाफा कति ?

Laxmi Sunrise Bank Limited
खुद ब्याज आम्दानीसँगै बढ्यो हिमालयन लघुवित्तको नाफा, वितरणयोग्य मुनाफा कति ?
Shivam Cement

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी बढेसँगै नाफा वृद्धि भएको छ। संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म ४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७१.६६ प्रतिशतले बढी हो ।

अघिल्लो आवको सोही अवधिसम्म संस्थाको खुद नाफा २ करोड ६० लाख रुपैयाँ थियो ।

यस्तै समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । संस्थाको खुद ब्याज आम्दानी २८.९६ प्रतिशतले बढ्दै १९ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यो अवधिसम्म संस्थाले खुद शुल्क तथा कमिशन आम्दानीमार्फत २ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवमा संस्थाले आर्जन गरेको २ करोड ९६ लाखको तुलनामा कम हो ।

Bizshala
New Office
CG Motors

संस्थाको खुद सञ्चालन आम्दानी १९ करोड ७८ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १७ करोड ४० लाखमा सीमित थियो ।  

यो अवधिमा संस्थाको इम्पेयरमेन्ट चार्जका लागि २ करोड १९ लाख छुट्टाएको छ ।

अघिल्लो आवमा ३ करोड ८६ लाख रहेको संस्थाको रिटेन्ड अर्निङ घटेर ३ करोड ५६ लाखमा सीमित बनेको छ । यस्तै रिजर्भको आकार १२ करोड ३९ लाखबाट बढेर १४ करोड ८५ लाख रुपैयाँ पुगेको छ । संस्थाले सेयर प्रिमियम शीर्षकमा ४ करोड ५५ लाख छुट्टाएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

ग्राहकहरुबाट १ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ४ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको खराब कर्जा अनुपात ५.६२ प्रतिशतबाट बढेर ८.५८ प्रतिशत पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ५६ लाख रुपैयाँ रहेको छ । यस्तै संस्थाको लाभांश क्षमता १६.१४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)२६.२४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३३.८५ गुणा,प्रतिसेयर नेटवर्थ १४२.२२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७६५.६६ रुपैयाँ र तरलता अनुपात १७.७४ गुणा कायम भएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X