Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

दोहोरो अंकले बजार घट्दा नेप्से २१०० तल, कारोबार ६ अर्ब ३६ करोड माथि

Global IME Bank Limited
दोहोरो अंकले बजार घट्दा नेप्से २१०० तल, कारोबार ६ अर्ब ३६ करोड माथि
Nabil Bank Limited

काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन सोमबार बजार ३१.४९ अंकले घटेर २ हजार ९८ विन्दुमा बन्द भएको छ । 

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.८४अंकले घटेर  ३८१.३६ विन्दुमा पुगेको छ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

 यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजय सिंह थापा(जयशम्भु) भन्छन्, ‘हिजोआज बजार घट्नुमा विभिन्न कम्पनीको वित्तीय विवरण राम्रो नआउनु नै मूख्य कारण हो। २ हजार २०० विन्दुको मनोवैज्ञानिक कारणले गर्दा पनि बजार घटेको हो ।प्राविधिक रुपमा बजार सपोर्ट लेभलमै टिकेको छ ।’

उनका अनुसार बोलिंगरको मध्य ब्यान्ड २ हजार ९० विन्दुमा देखिन्छ ।र आज यहि विन्दुमा बजारले सपोर्ट लिएको कारण बजार यहिंबाटै सम्हालिन सक्दछ ।र बजारले २ हजार २०० को मनोवैज्ञानिक विन्दुलाई ब्रेक गरेर माथि जाने उनको भनाइ छ।

अर्का बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘हिजोआज बजार घट्नुमा बैंक तथा वित्तीय संस्थाको खराब वित्तीय विवरण नै मूख्य हो, बैंकहरुको खराब कर्जा पनि बढेको छ  र लगानीकर्ताहरुले हाइड्रोपावरको वित्तीय विवरण पनि नराम्रो आउने आकलन गरेका कारण  बजार ओरालो लागेको हो ।’

उनका अनुसार धेरै जसो कम्पनीहरुले यो वर्ष लगानीकर्तालाई लाभांश वितरण नगरिकन खाली हात राखेका कारण बजारमा प्रत्यक्ष असर परेको छ । 

प्राविधिक रुपमा भन्नु पर्दा २ हजार ६०को विन्दुमा ग्याप देखिन्छ ।जसले गर्दा त्यो ग्याप पूर्ति गर्न पनि बजार आउन सक्दछ ।यद्यपि तरलता राम्रै देखिएको छ ।त्यसैले बजारदेखि डराइहाल्नु पर्ने अवस्था छैन ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये व्यापार समूह बाहेक सबै समूह राताम्मे भएको छ । यो दिन व्यापार समूह ०.३५ प्रतिशतले बढेको छ ।

यो दिन सबैभन्दा बढी हाइड्रोपावर समूह २.२४ प्रतिशतले घटेको  छ। त्यस्तै लगानी समूह १.८५ प्रतिशतले घटेको  छ।यसैगरी, अन्य समूह १.८१ प्रतिशतले घटेको छ। त्यस्तै वित्त समूह १.८१ प्रतिशतले घटेको  छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन पनि हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । उक्त कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस्तै दोस्रोमा ङादी ग्रूप पावर कम्पनी रहेको  छ। उक्त कम्पनीको ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यसैगरी, अपी पावर कम्पनीको २४ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड २१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन अपर स्यांगे हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै मिड सोलु हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.४६ प्रतिशतले बढेको छ । 

यसैगरी, आशा लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ६.६९ प्रतिशतले बढेको छ ।

त्यस्तै यो दिन दोर्दी हाइड्रोपावर कम्पनीको सेयरमूल्य ८.३३ प्रतिशतले घटेको छ ।यस्तै हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७.२७ प्रतिशतले घटेको छ ।

यसैगरी, लिवर्टी इनर्जी हाइड्रोको सेयरमूल्य ६.७८प्रतिशतले घटेको छ ।


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.