बिहीबार, असार ११,२०८३ 09:56:13
Bizshala
  • बिहीबार, असार ११,२०८३ 09:56:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एलन मस्कको सम्पत्ति ८५० अर्ब डलर नाघ्यो, नेपाल, पाकिस्तान, श्रीलंकाको जीडीपी भन्दा बढी

Laxmi Sunrise Bank Limited
एलन मस्कको सम्पत्ति ८५० अर्ब डलर नाघ्यो, नेपाल, पाकिस्तान, श्रीलंकाको जीडीपी भन्दा बढी

काठमाण्डौ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको कुल सम्पत्ति ८५० अर्ब अमेरिकी डलर नाघेको छ। फोर्ब्सका अनुसार एकै दिनमा मस्कको नेटवर्थ ८४ अर्ब डलरले वृद्धि भएको हो। यससँगै उनी इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।

मस्कको सम्पत्तिमा आएको तीव्र वृद्धिको मुख्य कारण उनको अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्स र एआई स्टार्टअप एक्सएआईबीच भएको मर्जर हो। पछिल्ला चार महिनामै मस्कको नेटवर्थ करिब ७० प्रतिशतले बढेको छ। सन् २०२५ को अक्टोबरमा उनको सम्पत्ति ५०० अर्ब डलर रहेको थियो।

New Office
CG Motors
Garima Development Bank

हाल मस्कको कुल सम्पत्ति पाकिस्तान, श्रीलंका र नेपालजस्ता देशहरूको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा पनि बढी भएको बताइएको छ। साथै, यो भारतका शीर्ष ४० धनी व्यक्तिहरूको संयुक्त सम्पत्तिभन्दा पनि धेरै हो।

एलन मस्कको रकेट निर्माण कम्पनी स्पेसएक्सले उनको एआई कम्पनी एक्सएआईलाई अधिग्रहण गरेपछि दुवै कम्पनी एकीकृत भएका छन्। मर्जरपछि बनेको नयाँ कम्पनीको कुल मूल्य १.२५ ट्रिलियन डलर आँकलन गरिएको छ।

मर्जर अघि मस्कसँग स्पेसएक्सको ४२ प्रतिशत सेयर थियो, जसको मूल्य ३३६ अर्ब डलर थियो। एक्सएआईमा उनको ४९ प्रतिशत सेयरको मूल्य १२२ अर्ब डलर थियो। मर्जरपछि बनेको नयाँ कम्पनीमा मस्कको सेयर ४३ प्रतिशत पुगेको छ, जसको कुल मूल्य ५४२ अर्ब डलर रहेको छ। यही कारण एकै रातमा उनको सम्पत्तिमा ८४ अर्ब डलरको वृद्धि भएको हो।

यससँगै मस्क र विश्वका दोस्रो धनी व्यक्तिबीचको दूरी झन् फराकिलो भएको छ। गुगलका सह–संस्थापक ल्यारी पेज २८१ अर्ब डलरको सम्पत्तिसहित दोस्रो स्थानमा छन्। मस्क उनीभन्दा ५७८ अर्ब डलरले अगाडि छन्। हालको गतिमा उनको सम्पत्ति बढिरहेमा उनी विश्वकै पहिलो ‘ट्रिलियनेयर’ बन्न सक्ने अनुमान गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मस्कका प्रमुख कम्पनीहरू

टेस्ला

टेस्लाको स्थापना सन् २००३ मा मार्टिन एबरहार्ड र मार्क टार्पेनिङले गरेका थिए। इलोन मस्क सन् २००४ मा प्रमुख लगानीकर्ताका रूपमा कम्पनीमा प्रवेश गरेपछि अध्यक्ष तथा पछि सीईओ बने। टेस्लाको लक्ष्य विद्युतीय सवारी साधनलाई आम मानिससम्म पुर्‍याउनु र दिगो ऊर्जाको प्रयोगलाई प्रवर्द्धन गर्नु हो।

स्पेसएक्स

स्पेसएक्सको स्थापना मस्कले सन् २००२ मा गरेका हुन्। अन्तरिक्ष प्रक्षेपणको लागत घटाउने र मंगल ग्रहमा मानव बस्ती बसाउने उनको दीर्घकालीन लक्ष्य रहेको छ। कम्पनीले सन् २००८ मा पहिलो सफल रकेट फाल्कन–१ प्रक्षेपण गर्‍यो भने २०१२ मा ड्रागन क्याप्सुल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसँग सफलतापूर्वक जोडिएको थियो।

न्यूरालिंक

न्यूरालिंकको स्थापना सन् २०१६ मा गरिएको हो। यो कम्पनीले मानव मस्तिष्क र कम्प्युटरबीच जोड्ने ब्रेन–मेसिन इन्टरफेस प्रविधि विकास गरिरहेको छ। न्यूरोलोजिकल रोगको उपचार तथा भविष्यमा मानव र कृत्रिम बुद्धिमत्ताबीचको सहकार्यलाई सहज बनाउने यसको उद्देश्य रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.