काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा साढे ११ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा श्रीहरि सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् । आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ ।
यो कम्पनीबाट आज मात्रै १ अर्ब ७० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५०.२३ प्रतिशत सेयर खरिद भएको छ भने ४९.७७ प्रतिशत सेयर बिक्री भएको छ ।


